Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धार्चे गाउँपालिकामा वैशाख २८ गते सार्वजानिक विदा हुने

धार्चे गाउँपालिकामा वैशाख २८ गते सार्वजानिक विदा हुने

जोईन खबर

२५, बैशाख २०८२
  • 994
    SHARES
  • धार्चे गाउँपालिकामा वैशाख २८ गते सार्वजानिक विदा हुने

    २५ वैशाख काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा वैशाख २८ गते सार्वजानि विदा दिने भएको छ । गाउँपालिकाले वैशाख शुक्ल पूर्णिमा तथा बुद्व जयन्तीको अघिल्लो दिनको अवसरमा यही आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले   वैशाख २२ गते  बसेको कार्यपालिका बैठकले गाउँपालिका कार्यालय र अन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरूमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images

    बुद्धको जन्म, ज्ञान प्राप्तिमा  बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। बौद्ध धर्मावलम्बीले लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ।

    images
    images
    images

    गाउँपालिकाको त्यस दिन पालिका क्षेत्र भित्र बुद्वजयन्तीको अघिल्लो दिन  वैशाख शुक्ल चतुर्दशीका दिन बिशेष गरि  आफ्नो पूर्खा तथा पितृहरुलाई समझना गरि पितृ  कुलको धुमधाम रुपमा  पूजा गर्ने , घाटु  नाचने, परिवार  आफन्त इष्टमित्रहरु भेटघाट भई रमाईलो गरि खुशियाली आदानप्रदान गर्ने तथा आपसमा भाईचार बाँडने  लगायत ले  गाउँपालिका भित्र परम्परा देखि चलिआएको प्रचलनलाई मानेता दिदै  मनाउने तयारी रहेको गाउँपालिकाले जनाएको छ । 

     

    प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - १३:५५:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको