Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जेठ १५ गतेदेखि राजावादीहरुले अनिश्चितकालीन आन्दोलनको घोषणा

जेठ १५ गतेदेखि राजावादीहरुले अनिश्चितकालीन आन्दोलनको घोषणा

जोईन खबर

२५, बैशाख २०८२
  • 904
    SHARES
  • जेठ १५ गतेदेखि राजावादीहरुले अनिश्चितकालीन आन्दोलनको घोषणा

    २५ वैशाख काठमाडौँ । आउदो  जेठ १५ गतेदेखि राजावादीहरुले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा ‘जनआन्दोलन घोषणासभा’ आयोजना गरेर आन्दोलन घोषणा गरेको हो ।

    images

    घोषणा सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले भने- ‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिको निम्ति सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ ।

    images
    images
    images

    हाम्रो घोषणा राजनीतिक दलहरुले चाहने हो भने उपरोक्त उद्देश्यहरु सहमति र समझदारीकै आधारमा वर्तमान संविधानकै परिधिबाट हासिल हुन्छ ।साथै समितिले आन्दोलन शान्तिपूर्ण हुने तथा भद्र अवज्ञा र सत्याग्रह आन्दोलनका स्वरुप हुने बताएको छ ।

    घोषणा सभामा समितिका पदाधिकारी सहित राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापाको समेत उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - १६:३३:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको