Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द

  पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द

जोईन खबर

२६, बैशाख २०८२
  • 658
    SHARES
  •   पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द


    २६ वैशाख काठमाडौँ । पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको छ । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएको हो ।

    images

    पाकिस्तानले बिहीबार राति एक्कासी भारततर्फ हमला गरेको थियो । सो हमलाको क्रममा जम्मु विमानस्थलमा ठूलो विष्फोटको आवाज सुनिएको थियो । तर त्यहाँको स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन ।पाकिस्तानबीच तनाव बढेपछि सुरक्षा परिस्थितिको कारण देखाउँदै भारतको जम्मुसहित अरु २७ विमानस्थलहरु १० मे बिहान साढे पाँच बजेसम्मका लागि बन्द गरिएको हो ।

    images
    images
    images

    बन्द गरिएका विमानस्थलहरूको सूची यसप्रकार छ–जम्मु, धर्मशाला, हिन्दन, ग्वालियर, किसनगढ, श्रीनगर, अमृतसर, पटियाला, सिमला, गग्गल, जैसलमेर, जोधपुर, बिकानेर, हलवारा, पठानकोट, लेह, लुधियाना, भुन्तर, भटिण्डा, मुन्द्रा जामनगर, राजकोट, पोबन्दर, कांडला, केशोद, भुज र चण्डीगढ ।यी विमानस्थलहरू मुख्य रूपमा भारतका उत्तरी, पश्चिमी र केन्द्रीय भागहरूमा अवस्थित छन् । 

    प्रकाशित मिति :बैशाख २६, २०८२ शुक्रवार - ११:३१:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको