Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 चनौटे -भच्चेक सडक निर्माण कार्यको  शिलन्यास  मुख्यमन्त्री  पाण्डेद्वारा

 चनौटे -भच्चेक सडक निर्माण कार्यको  शिलन्यास  मुख्यमन्त्री  पाण्डेद्वारा

जोईन खबर

२६, बैशाख २०८२
  • 751
    SHARES
  •  चनौटे -भच्चेक सडक निर्माण कार्यको  शिलन्यास  मुख्यमन्त्री  पाण्डेद्वारा

    २६ वैशाख काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकाको चनौटे-ढिस्का-भच्चेक सडक निर्माण कार्य  सुरु भएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले अजिरकोट गाउँपालिकाको चनौटेदेखि ढिस्का हुँदै पालिकाको केन्द्र भच्चेक जोड्ने १४.३० किलोमिटर सडक कालोपत्र गर्न लागेको हो ।

    images

    सडक निर्माण कार्यको शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चनौटेमा शिलन्यास गर्नुभयो । सडक निर्माणका  यही वैशाख २१ गते एम एस खड्का कृष्ण नवकान्तिपुर जेभीसँग ४४ करोड ४६ लाख २४ हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ । वि.स.२०८४ असार २५ गतेसम्म म्याद रहेको ठेक्कामार्फत ११.२ किलोमिटरमा अक्सफाल्ट प्रविधीको कालोपत्र र ३.१ किलोमिटर सडक ढलान गरिने भएको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, घुम्ती तथा मोड र ग्रेड सुधार गरि ढल ब्यवस्थापनका लागि पक्कि नाली समेत निर्माण हुने इञ्जिनियरले जानकारी दिए ।  यस सडकबाट उच्च पहाडी क्षेत्रमा पर्ने अजिरकोटका भच्चेकबजार, सिसानडाडा, सिरानचोक लगायत पर्यटकीय स्थल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।

     

    प्रकाशित मिति :बैशाख २६, २०८२ शुक्रवार - १६:०५:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको