२८ वैशाख काठमाडौँ । सुलिकोट स्वाँरा एकता समाज काठमाडौँको १८ औँ साधारणसभा तथा ७ औँ अधिवेशन नयाँ कार्यसमिति निर्वाचित र एसइइ परिक्षामा उर्तिण बिधार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । हिजो वैशाख २७ गते शनिवार तमु ह्रयुल छोंज धी गुरुङ राष्ट्रिय परिषद् भवन मित्रनगर नयाँ बसपार्क काठमाडौंमा १८ औँ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको हो । हिजो शनिबार सम्पन्न अधिवेशले ज्ञान बहादुर गुरुङको अध्यक्षतामा ५ जनाको सदस्य रहने र नयाँ कार्यसमितिको पहिलो बैठककमा एक जान थप्ने गरि नयाँ कार्यसमितिले ११ जनाको समिति निर्वाचित गरिएको संस्थाका अध्यक्ष ज्ञान बहादुर गुरुङले जानकारी दिनु भयो ।

यस १८ औँ बार्षिक साधारण सभाको ७ औँ अधिबेसनले पादाधिकारी सर्वसहमत निर्वाचित गरेको हो। यस संस्था अध्यक्ष ज्ञान बहादुर गुरुङ, उपाध्यक्ष मिन बहादुर तामाङ , उपाध्यक्ष सुक बहादुर गुरुङ,सचिव विष्णु कुमारी गुरुङ, सहसचिव आशमाया गुरुङ,कोषाध्यक्ष टेक बहादुर गुरुङ निर्वाचित भएका उपाध्यक्ष मिन बहादुर तामाङले बताउनु भयो ।यस संस्थाका सदस्याहरु राज कुमार गुरुङ, चन्द्र माया तामाङ,तेज बहादुर थापा मगर,सोम गुरुङ र एक जना पछि थप्ने गरि संस्थाको समिति बनाइएको छ ।
यस हिजो भएको सुलिकोट स्वाँरा एकता समाज काठमाडौँको १८ औँ साधारण सभा तथा ७ औँ अधिवेशन र एसईई परिक्षामा उत्र्तीण हुने बिधार्थीलाई सम्मान कार्यक्रमको उद्वघाटन गण्डकी प्रदेशका पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता प्रकाश चन्द्र दवाडीले गर्नु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद दवाडीले यस संस्थालाई मैले मेरो तर्फबाट गर्न सक्ने हरेक सहयोगमा साथ दिने बताउनु भयाे ।पूर्वसांसद दवाडीले उक्त कार्यक्रमको लागि रु १० हजार रुपैया दिने प्रतिवद्वता पनि गर्नु भ्एकाे छ । उहाँले अब आउने दिनमा हुने यस संस्थाको नयाँ कार्यसमितिले संस्थालाई नयाँ ढघंगबाट नयाँ कामको सुरुवात गर्ने पनि बताउनु भयो । मैले स्वाँरा बासीको लागि अब देखेको दु ख भनेकाे त्यहाँ बिरामी हुदा बजारका ठूला अस्पताल आउनको लागि एम्बुलेन्स देखेको छु यस संस्थाले त्यो अभियान सुरु गर्ने पर्ने छ र त्यसको लागि मैले आफनो ठाउबाट गर्न सक्ने सहयोग गर्ने पनि बताउनु भयो ।

उक्त कार्यक्रममा राष्ट्रिय लोक गायक राम कुमार सुनुवारको सम्पूर्ण टिम, रायन बसेल र स्थानिय कलाकारहरले पनि विभिन्न प्रस्तृति देखाएर कार्यक्रम भव्य रुपमा गरिएको थियो । उक्त कार्यक्रममा आएका कलाकारहरू र एसइइ परिक्षामा उर्त्तिण बिधार्थीहरूलाइ पूर्वसांसद प्रकाश चन्द्र दवाडीले खादा र प्रमाणपत्र हस्तन्तरण गर्नु भएकाे थियाे । संस्थाले माझाथर स्कूलकी पूर्व प्रधानध्यापक सु श्री सरास्वाति श्रेष्ठ लाई सम्मान गरिएकाे हाे ।

यस हिजो भएको कार्यक्रममा बारपाक सुलिकोट भित्र रहेका विभिन्न सामाजिक संस्थाबाट पनि आफनो निमन्त्रणलाई स्वीकारेर आउनु भएका संस्था समृद्व ताकु युवा समाज काडमाडाैँका अध्यक्ष राजेन्द्र रायामाझी, गोरखा ताकुकोट सेवा समाज काठमाडौंका अध्यक्ष अनुप श्रेष्ठ, सौरपानी समाजका अध्यक्ष र माझथर मा विकी पूर्व प्रधानाध्यापक, नेपाली कांग्रेुका युवा नेता तथा समाज सेवी पूर्ण बहादुर गुरुङ लगायतले नयाँ कार्यसमिति तथा अधिवेशन सफलताको शुभकामनासहित मनतव्य राख्नु भएको थियो । यस संस्थाका संस्थापक अध्यक्ष बुद्धि गुरुङले प्रदेशमा बसेर भए पनि यस संस्थालाइ अति माया सदभाब हुँदा सुभकामना मन्तब्य लेखेर पठाउनु भयाे र उक्त सुभकामना संस्थाका सचिव मिन बहादुर तामाङ पढेर सुनाउदा उहाँले लेखेकाे पत्रमा सबै स्वाँरा बासीलाई सुभकामना दिनु भएको रहेछ ।

हिजो भएको १८ औँ बार्षिकसाधारणसभा तथा ७ औँ अधिवेशन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ज्ञान बहादुर गुरुङ र प्रमुख अथिति गण्डकी प्रदेशका पूर्वसांसद तथा समाज सेवी नेपाली कांग्रेशका नेता प्रकाश चन्द्र दवाडीले गर्नु भएको थियो । कार्यक्रममा विशेष अथितिमा अनुप श्रेष्ठ ,राजेन्द्र रायामाझी,पूर्ण बहादुर गुरुङ र संस्थाका पूर्व अध्यक्ष समेतको उपस्थिति रहेका थिए । यस संस्थाको हिजो भएको कार्यक्रममा संस्थालाई माया गरि विभिन्न व्यक्तिहरुले आर्थिक आर्थिक सहयोग पनि गर्नु भएको थियो । पुर्वअध्यक्ष राम बहादुर थापाले रु १० हजार संस्थाका सदस्या हजार देखि माथि सहयोग गर्नृ भएको हो । यस ७ औँ अधिवेशनले पुन ज्ञान बहादुर गुरुङलाई अध्यक्ष सर्वसहमत चयन गरेको हो । यस संस्थाकाे कार्यक्रम गोरखा तथा अन्य जिल्ला भित्रका संस्थाका जिम्मेवारी व्यक्ति र राजनैतिक बृद्वीजिवी गोरखाबाट काठमाडौँ आई बस्ने विभिन्न पेसा ब्यबसायी र पढ्दै बस्नुहुने स्वाँरा बासीहरु लगायतको बक्लो रुपमा उपस्थिति थिए ।









