२८ वैशाख काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानका मेयर हर्क साम्पाङ्गलाई आफूसँगै हिँड्न आग्रह गरेका छछन् । माओवादी निकट किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले धरानका मेयर साम्पाङ्गलाई परिवर्तनका लागि माओवादी सँगै हिँड्नु भनेका हुन् ।
मैले हर्क साम्पाङ्गलाई यस अघि नै लोकतन्त्रको सुन्दर फुल भनेको छु । यद्यपि उट्पट्याङ कुरा गर्नुहुन्छ । बेलाबेला नकारात्मक कुरा गर्नुहुन्छ । तपाईँले नकारात्मक कुरा गर्न जरुरी छैन । संविधानले दिएको अधिकार प्राप्तिका लागि हामीलाई साथ दिनुहोस् । भ्रष्टाचार अन्त्य गर्ने सुशासन कायम गर्ने र अधिकार प्राप्ति गर्न सडक सदनबाट लडौं । अब मेयर जीले त्यति धेरै नकारात्मक हुनु हुँदैन । हामी सँगै हिँड्न पर्छ भनेका छन् ।
माओवादी कमजोर भए पहिचानको आन्दोलन पनि कमजोर हुने बताए । उनले पहिचानको आन्दोलनका लागि माओवादीले गम्भीर आत्म समीक्षा गरेर आएको बताए । उनले आफू बालुवाटारमा भए पनि र खुमलटुरमा भए पनि पहिचानका लागि आन्दोलन गरिरहेकाहरूसँग वार्ता र संवाद गरी राखेको बताए ।
हिजो सडकमा ३० दलीय मोर्चा हूदाँ होस या २२ दलीय मोर्चा हामी सँगै थियौ । मैले नै नेतृत्व गरेर पहिचानको आन्दोलन सफल भएको थियो ।पहिचानका विषयमा हामी गम्भीर आत्मासमिक्षा सहित समाजवादको लक्ष्यका लागि आएका छौ । एक पटक फेरी माओवादीलाई स्वीकार गर्नुस् ।’