२९ वैशाख काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेर कारोवार भउको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुन प्रतितोला तीन हजार ७०० रुपैयाँ घटेको हो ।हिजो आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भएको थियो ।