Logo

बिहिवार, कार्तिक १३ गते २०८३

न्यूरोडको  मखन गल्लीमा आगलागी हुँदा एक जनाको मृत्यु

न्यूरोडको  मखन गल्लीमा आगलागी हुँदा एक जनाको मृत्यु

जोईन खबर

३१, बैशाख २०८२
  • 529
    SHARES
  • न्यूरोडको  मखन गल्लीमा आगलागी हुँदा एक जनाको मृत्यु

    ३१ वैशाख काठमाडौँ ।  काठमाडौँ न्यूरोडको सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आगलागीमा परी एकजना महिलाको मृत्यु भएको तर उनको सनाखत हुन बाँकी  रहेको काठमाडौँ प्रहरीले बताए ।

    images

    माटो र काठले बनेको दयाराम श्रेष्ठको कच्ची ४ तले घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    आगलागीले सँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्काएको थियो।आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो ।

    दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो । 
     

     

    प्रकाशित मिति :बैशाख ३१, २०८२ बुधवार - १०:२६:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको