३१ वैशाख काडमाढौँ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ९एसपी० भरतबहादुर बिकले जिल्लाको शान्ति सुरक्षा र जिल्लामा भएका कुनै पनि अपराधीक कसुरहरु बाँकी नराखी छानविन गर्ने बताएका छन् । केही दिन अघि मात्र गोरखा जिल्लाको प्रमुखको जिम्मेवारी सम्हालेर गएको उनले पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कानून कार्यान्वयन गर्ने कुरामा कसैसँग सम्झौता नहुने पनि जानकारी गराएका हुन् ।
यस जिल्लाका जनतालाई गरेका नराम्रो कामको अपराधीहरुलाई डर हुने ढङ्गबाट काम गनृे बताए । अहिलेसम्म एउटा इमान्दार प्रहरी अफिसरको रुपमा आफूलाई स्थापित गराउन सफल भएको भन्दै उनले संगठनको भरोसा र जनताको बिश्वासलाई गुम्न नदिने बताए ।छिट्टै सुरक्षा रणनीति बनाएर काम सुरु गर्ने उनको योजना छ । ‘म जिल्लामा हाजिर भएको भर्खरै हो, अहिले सबै क्षेत्र पक्षसँग यहाँको बारेमा बुझ्दैछु ।ठूलो जिल्ला भौगोलिक रुपमा पनि बिकट रहेकाले सबै कुरा बुझ्न अझ केही दिन लाग्ने उनले बताए ।
सोही अनुरुप जिल्लाका सरकारवालाहरुसँग छलफल एवं अन्तरक्रिर्या गरी सुझाव संकलन गरिरहेको उनले जानकारी दिए ।जिल्लामा हुन सक्ने अपराध नियन्त्रण, दोषीलाई कारवाही, कानून कार्यान्वयन र सचेतनाका कार्यक्रमहरुलाई एक साथ लैजाने उनको योजना छ । सोही अनुरुप सरोकारावाला निकायसँग समन्वय गरेर प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन प्रयास गर्ने उनले बताए ।