३१ वैशाख काठमाडौँ । महालेखा नियन्त्रक ९सचिव० गणेशप्रसाद पाण्डे अवकाश भएका छन्। ५८ वर्षे उमेर हदका कारण सचिव पाण्डेले सोमबार९हिजो०देखि अनिवार्य अवकाश पाएका हुन्।
२०७८ साल असार १७ गते बिहीवार सचिवमा बढुवा भएका पाण्डे ३ वर्ष, ११ महिना, २९ दिन जति विशिष्ट श्रेणी ९सचिव०मा काम गरेर सोमबारदेखि अनिवार्य अवकाशमा घर गएका छन्।
न्याय, संसद् हुँदै प्रशासन सेवामा प्रवेश गरेका पाण्डे २०५१ साल चैतमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०६८ फागुनमा प्रशासन सेवाको सहसचिव भएका पाण्डे ३१ वर्षे सरकारी सेवाबाट बिदा भएका छन् ।
सचिव भएसँगै पोण्डेले कर्णाली प्रदेशको प्रदेश प्रमुख सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै महालेखा नियन्त्रकको कार्यालयमा काम गरे ।