Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सुनकोशी गाउँपालिकामा पहिलो चोटी समलैंगिक विवाह दर्ता

 सुनकोशी गाउँपालिकामा पहिलो चोटी समलैंगिक विवाह दर्ता

जोईन खबर

३१, बैशाख २०८२
  • 1.2K
    SHARES
  •  सुनकोशी गाउँपालिकामा पहिलो चोटी समलैंगिक विवाह दर्ता

    ३१ वैशाख काठमाडौँ । सिन्धुली जिल्लाको  सुनकोशी गाँउपालिकामा पहिलो पटक समलैंगिक विवाह दर्ता भएको छ । सिन्धुलीकी शुसिला रम्तेल र धादिङकी  प्रमिला तामाङ्ग बीच विवाह भइ विवाह दर्ताका लागि निवेदन दिए अनुसार  गाउँपालिकाले आज विवाह दर्ता  प्रमाणपत्र हस्तान्तरण गरीएको  गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनु भयो ।  यो विवाह अन्तरजातीय समेत रहेको छ ।

    images

    यस पालिकामा  पहिलोपटक समलैंगिक विवाह दर्ता भएको छ । सिन्धुली सुनकोशी गाउापालिका वडा न ६ घर भएकी शुसिला रम्तेल र  धादीङ जिल्ला  गल्छी गाउँपालिका वडा न ५ घर भएकी प्रमिला तामाङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो ।

    images
    images
    images

    स्थानीय पञ्जिकाधिकारी डण्डपाणि भण्डारीले सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम रम्तेल र तामाङको विवाह दर्ता  गराउनु भएकाे  हो । रम्तेल र तामाङबीचको विवाह आज बुधबार दर्ता गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दर्जीले बताउनु भयो ।

    su1.jpg

    उनीहरूले विवाह गरेको मिति २०८२ वैशाख  १७ गते  गते राखिएको छ । तर स्थानिय प्रशासनले मिति २०८२ १  वैशाख ३१ गते गिरएकाे छ । याे  विवाह दर्ता प्रमाणपत्रमा विवाहको प्रकारमा सामाजिक परम्पराअनुसारु उल्लेख गरिएको छ । यो विवाह दर्ताको अभिलेख भने अस्थायी रूपमा राखिने पनि प्रमाणपत्रमा उल्लेख छ ।

    सर्वोच्चले नै अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । उनीहरु  दुईबिच भएको विवाह भने श्रीमान शुसिला रम्तेल दलित वर्ग भित्र पर्छ भने श्रीमती प्रमिला तामाङ जनजाति भित्र पर्छ ।

    su3.jpg

    प्रकाशित मिति :बैशाख ३१, २०८२ बुधवार - १५:०९:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको