Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गाउपालिकाले प्रमुख प्रशासकीय अधिकृतसहित  गुणस्तरीय शिक्षाको लागि  विद्यालयका प्रधानाध्यापकसंग ३५ बुदेँ सम्झौता

गाउपालिकाले प्रमुख प्रशासकीय अधिकृतसहित  गुणस्तरीय शिक्षाको लागि  विद्यालयका प्रधानाध्यापकसंग ३५ बुदेँ सम्झौता

जोईन खबर

३१, बैशाख २०८२
  • 832
    SHARES
  • गाउपालिकाले प्रमुख प्रशासकीय अधिकृतसहित  गुणस्तरीय शिक्षाको लागि  विद्यालयका प्रधानाध्यापकसंग ३५ बुदेँ सम्झौता

    ३१ वैशाख काठमाडौँ । सुनकोशी गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापकहरुसँग छलफल गरि करार सम्झौता गरेको छ।सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीलाई समेत लिएर  प्रधानाध्यापकहरुसँग  गुणस्तरीय शिक्षाको लागि ३५ बुँदे  सम्झौता गरेका छन् ।

    images

    यस पालिका भित्र रहेका  विभिन्न सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अझ  सुधार गनृेको लागि भनि  कार्यसम्पादन करार सम्झौता स्थापित गरेको पालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनु भयो ।

    images
    images
    images

    प्रधानाध्यापकहरु र सुनकोशी गाँउपालिका शिक्षक महासंघले यो सम्झौताको पूर्ण कार्यान्वयन हुने प्रतिवद्दता समेत गरिएको छ। सोही अवसरमा आर्थिक बर्ष २०८२ २०८३ मा शिक्षा निति र योजना मा समेट्नु पर्ने क्षेत्रको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    यस बैठकमा पालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको अध्यक्षता बसेको बैठकमा प्रमुख अतिथी पालिका अध्यक्ष दिपा बोहोरा दाहाल , विशिष्ट अतिथि उपाध्यक्ष कपिल कुमार कोइराला, शिक्षा शाखा प्रमुख शौभाग्य न्यौपाने, प्रशासकीय अधिकृत नवीन न्यौपाने, बिभिन्न शिक्षक संघ सङ्गठनका अध्यक्ष र ४१ जना प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।यस पालिकाले अब आउने दिनहरुमा शिक्षाको हरेक क्षेत्रमा परिर्वतन गरि अघि बढने पनि जनाएको छन् ।

    ar2.jpg

    प्रकाशित मिति :बैशाख ३१, २०८२ बुधवार - १७:२०:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको