Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरी गोरखाको  धार्चे गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा 

उत्तरी गोरखाको  धार्चे गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा 

जोईन खबर

१, जेठ २०८२
  • 877
    SHARES
  • उत्तरी गोरखाको  धार्चे गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा 

    १ जेष्ठ काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।हिजो एक कार्यक्रम बिच  पालिकालाई पूर्ण खोप  सुनिश्चितता घोषणा गरिएको हो ।

    images

    पालिकालाई  १६ देखि २३ महिनाभित्रका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप लाए नलाएको र १५ महिनामुनिका बालबालिकाले नियमित खोप लाए नलाएको सर्वेक्षण गरी पालिकालाई पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अमृत घलेले बताए । यस पालिकामा १५ महिनामुनिका १ सय ७६ जना बालबालिका छन् ।

    images
    images
    images

    l2.jpg

    पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुअघि पालिका भित्रका ७ वटै वडामा बैशाख २१–२५ गतेसम्म सो कार्यक्रम सम्पन्न गरिएको स्वास्थ्य शाखा प्रमुख घलेले जानकारी दिए ।पालिकाले हिजो गरेको  पूर्ण खोप  सुनिश्चितता घोषणा कार्यक्रममा  सबै  पालिका भित्रका कर्मचारी तथा स्थानिहरुले ¥याली  समेत गरेका थिए कार्यक्रम स्थाल सम्म् ¥याली  सहित पुगेका हुन् ।

    l3.jpg

    हिजो भएको कार्यक्रममा  गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षता तथा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुनिला गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत विनायक तिमिल्सिना, पालिकाभित्रका विद्यालयका प्र।अहरु, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकालगायत स्थमनियहरुको उपस्थिति रहेको थियो ।

    l4.jpgl5.jpg

    प्रकाशित मिति :जेठ १, २०८२ बिहिवार - ११:३४:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको