२ जेष्ठ काठमाडौँ ।कपिलवस्तुको गोरुसिङे पत्थरकोट सडक खण्डमा मर्निङ वाक्मा निस्किएका दुई जनालाई गाडीले ठक्कर दिदा मृत्यु भएको छ । उक्त घटनाबाट कपिलवस्तुको बुद्दभुमी नगरपालिका १ बसन्तपुर घर भएका दुई जनाको घटनास्थलमा मा मृत्यु भएको हो ।
अर्घाखाँचीबाट बुटवलका जादै गरेको बीएडी ९५९९ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ।
बिहान पौने ६ बजे सो दुर्घटना भएको हो। चालकसहित गाडी प्रहरी नियन्त्रणमा छ। चालक निदाउँदा र गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटना बारे थप अनुसन्धान भई रहेको छ।