२ जेष्ठ काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट बिधार्थी संगठन अनेरास्ववियूले ६१औं विद्यार्थी दिवसको अवसरमा बिधार्थी नेताहरुलाई सम्मान तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। हिजो भएको उक्त कार्यक्रमको अवसरमा अनेरास्ववियूका पूर्व अध्यक्ष माधव ढुङ्गेल र अध्यक्ष सुदेश पराजुलीलाई संगठनले सम्मान गरेको हो ।

त्यस्तै, अनेरास्ववियूका केन्द्रीय सचिव नारायण शर्मालाई नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिवमा निर्वाचित भएकोमा बधाई दिँदै बिदाई समेत गरियो।अनेरास्ववियूले यो कार्यक्रमलाई ऐतिहासिक दिनको रुपमा मनाएको जनाएको छ।

उक्त कार्यक्रममा कार्यक्रमको अध्यक्षता अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले गरेका थिए, भने नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलको उपस्थिति रहेको थियो।
