Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा टन र ग्रिनल्यान्ड क्वाटरफाइनलमा प्रवेश

आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा टन र ग्रिनल्यान्ड क्वाटरफाइनलमा प्रवेश

जोईन खबर

२, जेठ २०८२
  • 661
    SHARES
  • आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा  टन र ग्रिनल्यान्ड क्वाटरफाइनलमा प्रवेश

    २ जेष्ठ काठमाडौँ । न्युटन र ग्रिनल्यान्ड आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।न्युटनले गोल्डेनपिकलाई २८–२७ को झीनो अन्तरले पराजित ग¥यो । न्युटनका सविन राईले ८ अंक जोडे । ग्रिनल्यान्डले एन्जल्स हार्टलाई २६–२२ ले हरायो ।

    images

    ग्रिनल्यान्डका राहुल तामाङले १० स्कोर गरे ।सोही स्पर्धामा पारामाउन्टले क्यान्भास बसन्त ऋतुलाई २५–१८ तथा भ्याली पब्लिकले आयोजक बसुन्धरा नेसनल एकेडेमी ९बीएनए० लाई ४७–३५ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए । पारामाउन्टका सुशन थापाले ५ तथा भ्याली पब्लिकका अशोक विकले २३ अंक बटुले ।क्वाटरफाइनल लालीगुराँस नेसनल एकेडेमी र क्यान्भास, पारामाउन्ट र ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिक तथा न्युटन र स्किब्सबीच हुनेछ ।

    images
    images
    images

    सिनियर गल्र्समा केभीकेएसएसले बीएनएलाई २४–१८, फेरिल्यान्डले टीआईएलाई २८–२२, ग्रिनल्यान्डले न्युटनलाई २४–१९ र भ्याली पब्लिकले लालीगुराँसलाई ३७–३० ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का    गरे । केभीकेएसएसकी रोजी श्रेष्ठले ९, फेरिल्यान्डकी करुणा बोगटीले १३, ग्रिनल्यान्डकी बिहानी राईले ९ र भ्याली पब्लिककी दृष्य गुरुङले १४ अंक जोडे ।क्वाटरफाइनलमा ग्रिनल्यान्डले टीआईए, भ्याली पब्लिकले जेबी स्कुल, केभीकेएसएसले लालीगुराँस तथा फेरिल्यान्डले न्युटन विरुद्ध खेल्ने छन् ।

    प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - १२:३९:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको