Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महानगर उपप्रमुख  डंगोलको नेतृत्वमा कालोपत्र सडक  अनुगमन

महानगर उपप्रमुख  डंगोलको नेतृत्वमा कालोपत्र सडक  अनुगमन

जोईन खबर

२, जेठ २०८२
  • 766
    SHARES
  • महानगर उपप्रमुख  डंगोलको नेतृत्वमा कालोपत्र सडक  अनुगमन

    २ जेष्ठ काठमाडौँ । काठमाडौं महानगरपालिकाको योजना अनुगमन समितिले लैनचौर मार्गमा कालोपत्र सडक अनुगमन  गरिएको छ ।  बिहीबार समिति संयोजक एवं महानगर उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अनुगमन भएको हो । यस क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सहरी योजना आयोग उपाध्यक्ष डा.सुमननरसिंह राजभण्डारी, वडाध्यक्ष ख्यामराज तिवारी, सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य, योजना, अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख सुमित्रा सुवेदी लामिछाने सहित प्राविधिक थिए ।

    images

    प्राविधिक प्रतिवेदन मागअनुगमन क्रममा बाहिरी आँखाले देखिएका त्रुटि सुधार गर्न निर्देशन दिँदै उपप्रमुख डंगोलले, प्राविधिक प्रतिवेदन माग गरेकी छिन् ।काम राम्रो देखिएको छ, तर यसलाई पुष्टि गर्न कागजमा लेखिएको र फिल्डको अवस्था दाँजेर हेर्नुपर्छ,’ उनले इन्जिनियरहरूसँग प्राविधिक प्रतिवेदन पेस गर्न भनिन् अनुगमन क्रममा सडक कालोपत्र गर्न प्रयोग गरिएको बिटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन खँदिलोपना, निर्माण सामग्री मिश्रण, ढल निकास, खानेपानी सहित अन्य संरचनासँगको सञ्जाल सम्बन्ध हेरिएको थियो ।

    images
    images
    images

    निर्माण कार्य अन्तर्गत अस्फाल्टको काम सकिएको छ । महानगरको उत्तरी क्षेत्र ९वडा नम्बर १, २, ३, ४, ५, २६, २८, २९ र ३०० का ९ वटा वडाका सडक ओभरलेइङ भइरहेका छन् ।

    प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - १४:५६:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको