२ जेष्ठ काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका मुच्चोकटारमा रहेको आधारभूत माध्यमिक विद्यालयमा गोरखाका समाजसेवी उत्तर कुमार श्रेष्ठलगायत टिम तथा समाजसेवीहरुले शैक्षिक सामाग्रीहरु हस्तन्तरण गरेका छन् ।

काठमाडौँबाट गएर बिहीबार एक कार्यक्रम बिच विद्यालयमा अध्ययनरत बिपन्न परिवारका विद्यार्थीलाई खाद्यान्न सामाग्री तथा शैक्षिक सामाग्रीहरु प्रदान गर्नुभएको हो । विद्यार्थीहरूको न्यूनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले विद्यालयमा चामल १० बोरा, चिनी २५ केजी, दाल २० केजी,चना,केराउ ३० केजी चिया पति ५ केजी, जिरा मसला ८ केजी, चाउचाउ १० बाकस,बिस्कुट ६ बाकस र तेल ५ बाकस पचास लिटर वितरण गरेका थिए ।

त्यसैगरि शैक्षिक सामाग्री अन्तर्गत स्कुल ब्याग १५, जेमेक्टिक बक्स १५ ,सिसा कलम, पेन ३० ३०, पाकेट, कापी ४५ दर्जन, स्कुल ड्रेस १५ जना बिधार्थीलाई, शिक्षकको लागी १ दर्जन ठुलो डायरी, १ दर्जन पेन समेत प्रदान गरिएको हो ।

खाद्य सामाग्री र शैक्षिक सामाग्रीहरु हस्तन्तरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापानका समितिका अध्यक्ष कृष्ण ढकाल, प्रमुख अथिति सामाजिक अभियान्ता ,समाजसेवी उत्तर कुमार श्रेष्ठ, विषेश अथिति सुष्मा देबकोटा, अथिति अमृत श्रेष्ठ, अन्जली श्रेष्ठ, प्रअ चिना गुरूङ्ग , सहायक प्रअ अम्बिका देबकोटा रहेका थिए । यस कार्यक्रममा सुनिता बसेल अछामी स्वागत मन्तव्य राख्नु भएको थियो । नरनाथ देबकोटाले पनि मन्तव्य राख्नु भएको हो ।


