२ जेष्ठ दाेहा कतार । भगवान् गौतम बुद्धको २५६९औं जन्म जयन्ती कतारमा भव्यरूपमा मनाइएको छ । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) र नेपाल आदिवासी जनजाति महासंघ, कतारको समन्वयमा कतारमा स्थापित विभिन्न ७० संघसंस्थाको संयुक्त आयोजनामा बुद्ध जयन्ती मनाइएको हो ।
नेपाली राजदूत रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाली राजदूतावासमा शुक्रबार बिहान बुद्ध जयन्ती मनाइएको हो ।
आजको कार्यक्रममा कतारमा स्थापित ७० संघसंस्था अन्तर्गत नेपाल मगर संघ शाखा कतार, किरात याक्युङ चुम्लुङ शाखा कतार, तमु ९गुरुङ० समाज, किरात राई यायोक्खा शाखा कतार, थारु कल्याणकारिणी सभा च्याप्टर कतार, सुनुवार सेवा समाज, प्रवासी भुजेल समाज, नेवा पुचस्, नेपाली धानुक समाज, शेर्पा संघ, नेपाल प्रवासी तामाङ समाज, गोरखा सेवा समाज र नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले पूजा अर्चनाको व्यवस्थापन गरेका थिए ।
