Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको अजिरकोट भच्चेक मा अष्टमी घाटु जात्रा २०८२ हुने

गोरखाको अजिरकोट भच्चेक मा अष्टमी घाटु जात्रा २०८२ हुने

जोईन खबर

३, जेठ २०८२
  • 1.8K
    SHARES
  • गोरखाको अजिरकोट भच्चेक मा अष्टमी घाटु जात्रा २०८२ हुने

    ३ जेष्ठ काठमाडौँ । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजारमा अष्टमी घाटु जात्रा २०८२ हुने भएको छ। यही जेठको ५ गते सोमबारदेखि सुरु हुने अजिरकोट भच्चेकमा घाटु अष्टमी २०८२ को आयोजक दि मनास्लु युवा क्लब रहेको छ भने संरक्षक अजिरकोट गाउँपालिका रहेको छ।

    images

    अजिरकोट घाटु अष्टमी मेला २०८२ का आकर्षकहरू विभिन्न जातजातिहरूको मौलिक सांस्कृतिक तथा झाँकी प्रदर्शन राष्ट्रिय लोक तथा दोहोरी कलाकारहरूको बेजोड प्रस्तुति स्थानीय स्तरमा  उत्पादित कृषि तथा हस्तकला प्रदर्शनी साथै भलिवल प्रतियोगिता, दौड, छेलो ,नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमहरु पनि रहेको छ ।

    images
    images
    images

    कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहनेछ ।आयोजक दि मनास्लु युवा क्लव भच्चेकले झाँकी प्रदर्शन सहितको र्याली कार्यक्रमहरूमा स्थानीय मौलिक पोशाकमा उपस्थित हुन पनि आग्रह गरेको छ।  मेलामा कलाकारहरू पृथ्वी गुरुङ, दुर्गा गुरुङ, रेजिना परियार,राज लामा,सुरज बोमजन,शुक्र तामाङ,रयान बस्याल  लगायतका अन्य स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ।

    अजिरकोट घाटु अष्टमी मेला(२०८२ घाटु नाच तथा छेलो दौड  प्रतियोगिता तथा सास्कृतिक  कार्यक्रम भब्य र सभ्य  रूपमा सफल पार्नको आर्थिक सहयोग गर्न इच्छुक ब्यातिहरूले  दि मनासलु युवा क्लब को खाता नम्बरमा  सहयोग गर्नसक्नुहुनेछ भने थप जनाकारीको लागि यस नम्बरमा 9862499307 सम्पर्क गरि अन्य जानकारि लिन सक्नु हुनेछ।

    प्रकाशित मिति :जेठ ३, २०८२ शनिवार - २१:३७:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको