४ जेष्ठ काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले सगरमाथाको आरोहण गरेका छन् । आइतबार बिहान ९स्२० बजे उनले सगरमाथाको चुचुरोमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृतले जानकारी दिएका छन् ।
सहायक निरीक्षक छत्यालले वैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई, पहाड, हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देशसहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनलाई वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाई गरेका थिए । सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं। १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत थिए ।