४ जेष्ठ काठमाडौँ । शरिरको सबै भन्दा महत्वपूर्ण भाग कलेजोमा गम्भीर समस्या देखिएकोले उपचारको लागि शिशिर ढकाललाई श्रीनाथकोट गोरखा काठमाडौ सम्पर्क समितिद्वार आर्थिक सहयोग नगद प्रदान गरिएको छ । गोरखाको जिल्ला सिरान्चोक गाउँपालिका वडा न – ७ का २८ बर्षीय शिशिर ढकाल तल्लो गोहोरे घर भई हाल काठमाडौं जिल्ला तारर्केश्वोर नगरपालिका वडा न -५ लोलाङ हाईट बस्दै आएका उनी लामो समय देखी कलेजोको समस्य देखिएको हो । उनलाई विभिन्न अस्पतालहरू उपचार गर्दै अए पनि शरिरमा भएकाे उक्त कलेजोले काम नगर्ने हुदा बिरामीकाे अर्काे कलेजो प्रत्यारोपण गर्नु पर्ने भएकाे हाे ।
उक्त कलेजो प्रत्यारोपण गर्ने आफनो परिवार संग प्रप्ता रकम नहुदा थप उपचारमा समस्या भएकाे थियाे । तेही उपचारकाे लागि यस संस्थाले संस्था भित्र रहेका सदस्याहरू संग धेरै थाेरैँ रकम संकलन गरि थप उपचारकाे लागि रकम हस्तान्तरण गरिएकाे हाे । २८ बर्षीय ढकालको काठमाडौँको ठूला ठूला अस्पताल उपचाररत वीर अस्पताल ,टिचिङ अस्पताल ,ललितपुर पाटन अस्पताल, सिविल अस्पताल नंया बानेश्वर, ललितपुर अल्का अस्पतालमा उपचार भई रहेको थियाे । उक्त उपचारमा लाखौँ भन्दा बढी रकम खर्च भइसकेको र हाल थप उपचारका वा कलेजो प्रत्यारोपणकाे लागि करिब अस्पतालकाे लागे खर्च ५० लाख भन्दा बढी लाग्ने कारणले आर्थिक अभाव भएपछि श्रीनाथकोट गोरखा काठमाडौ सम्पर्क समितिले सहयोग अभियान सञ्चालन गरि नगद आर्थिक संकलन गरि सो रकम बिरामी भर्ना गरिएको अस्पताल पुगेर बिरामीकाे बुवालाई हस्तन्तरण गरिएको समितिका सचिव रोहीत गुरुङले जानकारी दिनु भयो ।

सहयोग रकम यस समितिको अगुवाइमा विभिन्न सहयोगि मनहरुद्वार प्राप्त संकलन भएको रकम सस्थाका अध्यक्ष ई. अर्जुन बाबु ढकाल ,सचिव रोहित गुरुङ सह(सचिव अन्जन पोखरेल सदस्यद्वय देवेन्द्र ढकाल र समिर थापाको विशेष उपस्थितिमा सहयोग रकम बिरामी का बुवालाई हस्तान्तरण गरिएको हो ।सहयोग गर्नुहुने सहयोगि मनहारुप्प्रति हार्दिक आभारसहित विशेष धन्यवाद सहित बिरामी शिशिर ढकाललाई शिघ्र स्वास्थलाभको कामना समेत व्यक्त गरेका हुन् । बिरामीका बुवाले छाेराकाे थप उपचार गर्न र कलेजो प्रत्यारोपण गर्न अाफु संग पैसा सकिएकाे सामाजिक सञ्जाल मार्फत छाेराकाे उपचारमा सहयाेग गर्न भनि अपिल गरेका छन् । बिरामीका बुवा मुक्ती ढकालले सामाजिक सञ्जाल फेस्बुकमा यस्ताे लेख्नु भएकाे छ ।
आर्थिक सहयाेग गर्नेकाे विवरण यस्ताे छ ।

बिरामीका बुवा मुक्ती ढकाल
सिरान्चोक गा.पा -७ हाल काठमाडौं जिल्ला तारर्केश्वोर नगरपालिका वडा न .५ लोलाङ हाईट बस्दै आयको मेरो छोरा श्शिशिर ढकाल बर्ष -२८को विलसन्स् रोग (Wilson's Disease)रोग बाट उपचाररत वीर अस्पताल ,टिचिङ अस्पताल महार्गनज,ललितपुर पाटन अस्पताल, सिविल अस्पताल नंया बानेश्वर, ललितपुर अल्का अस्पतालका डा.उपचाररत गराउदै रहदा WILSON DISEASE रोगले(कलेजो)शरीर को अङ मध्य सब्बै भन्दा ठुलो र महत्त्वपूर्ण अङ्ग (liver cirhosis) मृत्यु सङ पौठि जोरि खेल्दै बेड मा छटपटाइ रहदा (LIVER TRANSPLANT) गर्न पर्ने नत्र जुन सुक्कै बेलामा पनि मृत्यु हुन सक्ने डा.को सल्लाह अनुसार (LIVER TRANSPLANT) भए मा जीवन सैलि परिबर्तन हुने र अफुले नयाँ जिबन पाउने बताउनु भएको छ ।
कलेजो प्रत्यारोपण गर्न पर्न हुनाले ५० लाख भन्दा माथी रकम लाग्ने हुँदा मेरो आफ्नो अर्थिक अवस्था कम्जोर भएकोले मृतु बरण गर्ने भन्दा अरु बिकल्प नभएको हुँदा देश बिदेशमा रहनु भएको दाजुभाइ ,दिदी ,बहिनी बा आमा नजिकको नाता गोता इष्ट मित्र लगायत सङ सस्था foundation हरुबाट सम्पुर्णमा यस दु:खद घडीमा आर्थिक सहयोगको अपेक्षा गर्दछु। हजुरहरुको यस सहयोगले मेरो छोराको छिट्टै कलेजो प्रत्यारोपणको हुनेछ र स्वस्थ जीवनको सुरुवात हुने छ भन्ने अपेक्षा राख्दछु। तथापी कलेजोले काम नगर्ने अवस्थामा पुगेकाले कलेजो प्रत्यारोपणको तयारीका लागि उनलाई हिजो किष्ट अस्पताल (KIST Medical College Teaching Hospital) ललितपुर इमाडोलमा भर्ना गरिएको छ । सहयोगको लागी:नाम : शिशिर ढकाल बैंक: प्राइम बैंक लिमिटेड, शाखा: सोह्रखुट्टे यस एकाउन्ट नम्बर: 009000271U जम्म गरिदिनुहुन् अनुराेध गर्नु भएकाे छ ।