Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गणतन्त्र दिवसको उपलक्ष्यमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँले चौथो रक्तदान कार्यक्रम गर्दै

गणतन्त्र दिवसको उपलक्ष्यमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँले चौथो रक्तदान कार्यक्रम गर्दै

जोईन खबर

९, जेठ २०८२
  • 940
    SHARES
  • गणतन्त्र दिवसको उपलक्ष्यमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँले चौथो रक्तदान कार्यक्रम गर्दै

    ९ जेष्ठ काठमाडौँ । गोरखा ताकुकोट सेवा समाज काठमाडौँले यही आउँदो जेष्ठ १५ गते विहिवारको दिन एक वृहत  रक्तदान कार्यक्रम गर्ने भएको छ । यस संस्थाले गणतन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको बनस्थली चोकमा यही २०८२ जेठ १५ गते बिहिबार चौथो पटक रक्तदान कार्यक्रम आयोजना गर्न लागेको संस्थाका महासचिव धिरज उपरकोटीले जानकारी दिनु भयो । यस जेष्ठ १५ गते गर्न लागेको वृहत रक्तदान कार्यक्रममा प्राविधिकको सहयोग कान्तिपुर अस्पतालले गर्ने भएको छ । सो रक्तदान बिहान १० बजेदेखि २ बजेसम्म गरिने छ ।

    images

    गोरखा ताकुकोट सेवा समाज काठमाडौँले गोरखाको ताकुकोटबाट काठमाडौँ आई बसोवास गर्ने विभिन्न ब्यक्ति तथा पढ्ने बिधार्थीहरुलाई स्वास्थ्य सेवा पुयाउने भनि रक्तदान गर्न लागेको हो । यस संस्थाले अन्य सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । अभाव भइरहने रक्तलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको  निवर्तमान स्वस्थ्य सेवा समितिका संयोजक मदन कुमार जोशीले विगतमा पनि विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम गर्दै आइरहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरू गर्दै जाने जानकारी दिनु भयो ।

    images
    images
    images

    यो भन्दा अघिलो रक्तदान कार्यक्रममा पनि  काठमाडौंको बनस्थली चोकमा गर्दा १०० जना भन्दा बढीको उपस्थिति रहेको गोरखा९ताकुकोट सेवा समाज काठमाडौंको स्वास्थ्य सेवा समितिका निर्वातमान संयोजक जोशीले बताउनु भयो । यस वृहत रक्तदान कार्यक्रममा सबै गोरखाली तथा बारपाक सुलिकोट  गाउँपालिका वडा न ६ ताकुकोटबाट काठमाडौँ आइ बसोबास गर्ने सबैलाई उपस्थिति भई कार्यक्रमलाई भव्य र सफल बनाइ दिनु हुन गोरखा ताकुकोट सेवा समाज काठमाडौँका अध्यक्ष अनुप श्रेष्ठले  अपलि गर्नु भएको छ । 

    प्रकाशित मिति :जेठ ९, २०८२ शुक्रवार - ११:३९:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको