१५ जेष्ठ दोहा कतार । “तन, मन, वचन र कर्मले सेवा गरौ” भन्ने मूलनाराको साथ २००३ मा स्थापनाभएको गोरखा सेवा समाज कतार ले १३ तेह्रौँ महाधिवेशन २०२५ गर्ने भएको छ। यही आउँदो शुक्रबार मे ३० तारिख २०२५ का दिन कतारमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहल सनैयामा गर्ने भएको छ।
गोरखासेवा समाज कतारले नेपाल घर गोरखा भई आफ्नो गृह जिल्ला गोरखाबाट परिवार शुभचिन्तक आफन्त इष्टमित्र सम्पूर्णलाई छाडी आफ्नो जीवनस्तर उकास्नको लागि बिरानो देश प्रवासी भूमि कतारमा आउनुभएका विभिन्न काम तथा व्यापार ,ब्यवसायको सिलसिलामा कतारमा बस्नु भएका सम्पूर्ण गोर्खाली दाजुभाई तथा दिदी बहिनी हरूलाई २०२५र२७ कार्यकालका लागि सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको लागि फारम खुल्ला गरिएको गोरखा सेवा समाजका उपाध्यक्ष बिकास श्रेस्ठ ले जानकारि दिनु भयो ।
दुख पर्दा मात्र हैन सुखमा पनि नेपाली सङ्घ सङ्स्था खोजि गरि आफु पनि सहभागी हुन गोरखा सेवा समाज कतारका उपाध्यक्ष श्रेस्ठले जानकारि दिनु भयो।गोरखा सेवा समाज कतारले शुक्रबारको दिन दिउसोको ठिक १ः०० बजे बाट वेलफेयर रेष्टुरेन्टको सभाहलमा सुसम्पन्न हुन गैइ रहेको गोरखा सेवा समाज कतारको तेह्रौ अधिवेशन सफल बनाउनको निम्ति दोहाबासी सम्पुर्ण गोर्खाली तथा गैर गोर्खाली दाजुभाइ र दिदिबहिनीहरुमा सहभागिताको लागि सादर अनुरोध गर्दै हार्दिक निमन्त्रणा गरेको छ।