Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्व–पश्चिम राजमार्गको चोरमारा र दुम्कीवासको सडक खण्डमा यातायात आवागमन ठप्प

पूर्व–पश्चिम राजमार्गको चोरमारा र दुम्कीवासको सडक खण्डमा यातायात आवागमन ठप्प

जोईन खबर

१६, जेठ २०८२
  • 676
    SHARES
  • पूर्व–पश्चिम राजमार्गको चोरमारा र दुम्कीवासको सडक खण्डमा यातायात आवागमन ठप्प

    १६ जेष्ठ काठमाडौँ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन हिजो परेको पानीको  बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

    images

    अहिले चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व का प्रहरीले जानकारी दिए । चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ।

    images
    images
    images

    अहिले चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन्।नवलपरासी ९बर्दघाट सुस्तापूर्व० अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो। 

    प्रकाशित मिति :जेठ १६, २०८२ शुक्रवार - १०:२३:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको