Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प 

गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प 

जोईन खबर

१६, जेठ २०८२
  • 544
    SHARES
  • गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प 

    १६ जेष्ठ  काठमाडौँ । यातायात व्यवसायीले राइड सेयरिङको विरोध जनाउँदै गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् ।गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धि नियमावलीको विरोध जनाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा व्यवसायीले यातायात सेवा ठप्प पारेका हुन् ।

    images

    उनीहरूले नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् ।

    images
    images
    images

    जेठ १९ देखि देशभर यातायात सेवा ठप्प पार्ने महासंघको तयारी छ । यसअघि एक हप्ताभित्र माग पूरा नभए सेवा ठप्प पार्ने घोषणा गरेका थिए ।गण्डकी प्रदेश सरकारले वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेको थियो ।

    प्रकाशित मिति :जेठ १६, २०८२ शुक्रवार - १२:२३:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको