Logo

बिहिवार, कार्तिक १३ गते २०८३

समृद्ध ताकु युवा समाज काठमाडौले पालिका स्तरीय फोटो प्रतियोगिता गर्दै

समृद्ध ताकु युवा समाज काठमाडौले पालिका स्तरीय फोटो प्रतियोगिता गर्दै

जोईन खबर

१८, जेठ २०८२
  • 775
    SHARES
  • समृद्ध ताकु युवा समाज काठमाडौले पालिका स्तरीय फोटो प्रतियोगिता गर्दै

    १६ जेष्ठ काठमाडौँ । समृद्ध ताकु युवा समाज काठमाडौले पालिका स्तरीय फोटो प्रदर्शन प्रतियोगिता आयोजना गर्ने भएको छ । यस संस्थाले हिजो  एक सूचना जारी गर्दै समाजसेवी समृद्ध ताकु युवा समाज काठमाडौले पालिका स्तरीय फोटो प्रदर्शन प्रतियोगिता आयोजना गर्न लागेको  फोटो प्रतियोगिताका संयोजक मधुकर खड्कले बताउनु भयो । यस प्रतियोगिताको आयोजक समृद्ध ताकु युवा समाज काठमाडौँ तथा मिडिया पार्टनर जोइन खबर डटकम ,Voxpop media, लाकुरिबोट खबर , सहयोग बारपाक सुलिकोट गाउँपालिका  रहेको छ ।

    images

    उक्त हुन लागेको फोटो प्रदर्शनी  प्रतियोगितामा पठाउने फोटोहरू यस बारपाक सुलिकोट गाउँपालिका भित्र रहेका  जातजाति अनुसार तथा  रितिरिवाज, भेषभुषा, धर्म,भाषा संस्कृति, जनजीवनको साथै पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने किसिमको हुनु पर्ने संस्थाका  अध्यक्ष राजेन्द्र रायामाझीले जानकारी दिनु भयो ।यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा पहिचानसंगै पालिकाको मौलिकता, विविधता र पर्यटन सम्भावनालाई उजागर गर्ने  हिसाबले राखिएकाे हाे ।  यसअन्तर्गत  प्रतियोगितामा विभिन्न समारोह र उत्सव भेषभुषा, धर्म,भाषा संस्कृति,  लगायतका विषयमा खिचिएका फोटोहरू पठाउनुपर्ने संस्थाले उल्लेख गरेको छ ।प्रतियोगितामा गाउपालिका भित्रका सबै नागरिकले भाग लिन पाउने छन् । त्यसको लागि आफू त्यहाँको नागरिक भएको प्रमाण पेश गर्नुपर्ने छ । यस मिति २०८० जेठ १५ बाट प्रतियोगिता अबधिको अन्तिम दिन सम्मको  खिचिएको फोटोहरू मात्र योग्य हुने छन् । प्रतियोगिले आफुले खिचेका  मोबाइल वा क्यामेराबाट बढीमा २ वटा फोटो पठाउनु पर्ने छ ।

    images
    images
    images

    फोटो संगै क्याप्सन पनि  पठाउनु पर्नेछ । यस प्रतियोगितामा पठाएको फोटोहरु सामान्य मात्र ईडिट गरेको हहुनु पर्ने छ ।  अनावश्यक फोटोसप गरिएको फोटोलाई मान्यता  नदिने फोटो प्रतियोगिताको संयोजक खड्काले बताउनु भयो ।  तर प्रतियोगिताको लागि पेश गरिएका फोटोहरू आफैंले खिचेको हुनुपर्ने तथा ती फोटोहरू व्यापारिक रूपमा प्रयोग नगरिएको, अन्य कुनै पनि मिडियामा प्रकाशित नभएको हुनुपर्ने  पनि संस्थाले जनाइएको छ । यदि  उक्त प्रतियोगितामा   प्रदर्शन गरिएको फोटो  अरुले खिचेको फोटो पठाएमा वा फोटो प्रती प्रमाण सहित कसैले दाबी गरेमा स्वत सो फोटो प्रतियोगिताबाट बाहिर हुनेछ , भने प्रतियोगिता जितेको पाईएमा पुरस्कार फिर्ता गर्नुपर्ने छ र कपिराईट सम्बन्धि कानुनको भागिदार स्वयम् हुनुपर्ने छ ।  त्यस्तो थाहा पाएमा वा प्रमाण भेटिएमा  संस्थाले पछि पछि राखेको  आगामी दिनमा हुने  कुनै पनि कार्यक्रम वा   प्रतियोगितामा  सहभागि हुन नदिने संस्थाको नियम छ ।

    संस्था  गर्न लागेको प्रतियोगतामा प्रथम हुनेलाई नगद रू १० हजार,  दोस्रो हुनेलाई  नगद रू ५ हजार, तेस्रो हुनेलाई नगद रू ३ हजार र यसै संस्थाको प्रतियोगितामा सहभागि  भई सान्त्वना हुनेलाइ नगद रू २ हजार साथमा सबैलाई प्रमाण पत्र पनि दिने व्यवस्था रहेको छ ।  साथै प्रतियोगितामा पठाइएको उत्कृष्ट फोटोहरूलाई समेटेर  पछि  ‘बृहत् फोटो प्रर्दशनी  गरिने छ । प्रतियोगितामा सहभागी  हुन  समृद्व ताकु युवा समाज काठमाडौँको ईमेल mail2samridha@gmail.com and Whatsapp /Viber 9766434383 नम्बरमा मार्फत् फोटोहरु अपलोड गर्न सकिने छ । यस प्रतियोगितामा नबुझेको  थप कुराको जानकारी लिन तल दिएको  ९८५१५४१२५१ नम्बर  प्रतियोगिताका संयोजक मधुकर खड्का लाइ सम्पर्क गर्न अनुरोध गरिएको छ । यस प्रतियोगितालाइ सफल पार्नका लागि  सुरेश भट्टले बुवा  स्व गोविन्दाप्रसाद भट्टको बार्षिक स्मृतिमा प्रथम पुरस्कार  दिने र   दोस्रो पुरस्कार तथा पहिलो हुनेलाइ २५ सय बराबरको  पहिलो गिफ्ट ह्याम्पर स्पोनसर गोरखा हस्पिटल चोकमा रहेको  द यूनिक टेलर्सका सञ्चालक बिकाश परियार  दिने भएका छन् ।
      

    प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - १२:२०:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको