१८ जेष्ठ काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।
प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैको नामवाली भने खुलेको छैन । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
उनीहरुले गयको जेष्ठ १५ गते गणतन्त्रका दिन पनि काठमाडौँमा जनप्रदर्श सहित राजालाई दरबार प्रवेश गराउने तयारी गरेका थिए ।