Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पक्राउ परेका थापालाई रिहा नगरे सोमबारदेखि काठमाडौं उपत्यका ठप्प पार्ने : राप्रपाका अध्यक्ष  लिङ्देन

पक्राउ परेका थापालाई रिहा नगरे सोमबारदेखि काठमाडौं उपत्यका ठप्प पार्ने : राप्रपाका अध्यक्ष  लिङ्देन

जोईन खबर

१८, जेठ २०८२
  • 697
    SHARES
  • पक्राउ परेका थापालाई रिहा नगरे सोमबारदेखि काठमाडौं उपत्यका ठप्प पार्ने  : राप्रपाका अध्यक्ष  लिङ्देन

    १८ जेष्ठ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आइबार नारायण चौरबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई रिहा नगरे सोमबारदेखि काठमाडौं उपत्यका ठप्प पार्ने चेतावनी दिएका छन्।

    images

    नारायण चौरमा राजसंस्था पुनर्स्थापना मागसहित भएको प्रदर्शनका क्रममा प्रहरीले धरपकड गरेर अध्यक्ष थापालाई लगेपछि लिङ्देनले त्यहीँ सम्बोधनका क्रममा यसो भनेका हुन् ।

    images
    images
    images

    कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगरे भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ। हामी देशभरबाट साथीभाइ बोलाएर खास लडाइँ भोलिबाट सुरु गर्छौँ’, उनले भने ।लिङ्देनले अब राजावादीहरू उपत्याकको एक ठाउँबाट नभई अनेकौँ ठाउँबाट जुलुससहित निस्किने बताउँदै सरकारलाई रोकेर देखाउन चुनौती दिएका छन् ।

    राप्रपा, राप्रपा नेपालसहित राजावादी दलहरू र अन्य संगठनहरू मिलेर राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित जेठ १५ बाट नयाँ चरणको आन्दोलन थालेका छन् । राजावादीहरूले यो आन्दोलन  नरिन्तरता दिने बताए । 

    प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - १६:१२:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको