२१ जेठ काठमाडौँ । सरकारले घरजग्गा खरिद बिक्री गर्दा अब बैंक स्टेटमेन्ट अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।खास गरी जग्गा किन्ने र बेच्ने दुवै जनाको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरी पेश गरेपछि मात्र लिखत पास हुने व्यवस्था लागू हुने भएको छ ।
१० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ। भूमि व्यवस्था मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गरेको हो ।
विभागले २०८२ जेठ १३ मा जारी गरेको सुचनाअनुसार, एक व्यक्तिले दिनमा तिन करोडभन्दा बढी कारोबार गरेमा राष्ट्रबैंक लाइ जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।