Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहमतिमै नेतृत्व टुङ्ग्याउनका लागि वाईसीएल नेताहरु पार्टी अध्यक्षको निवास पुगे 

सहमतिमै नेतृत्व टुङ्ग्याउनका लागि वाईसीएल नेताहरु पार्टी अध्यक्षको निवास पुगे 

जोईन खबर

२१, जेठ २०८२
  • 721
    SHARES
  • सहमतिमै नेतृत्व टुङ्ग्याउनका लागि वाईसीएल नेताहरु पार्टी अध्यक्षको निवास पुगे 

    २१ जेठ काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग वाईसीएलको अध्यक्षमा सहमति  हुन सकेको छैन् ।  तेही सहमति नभए पछि  इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अध्यक्ष सुबोध शेर्पाली लगायतका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका  थिए ।

    images

    सहमतिमै नेतृत्व टुङ्ग्याउनका लागि दीपशिखा र शेर्पाली प्रचण्डसँग राय लिन खुमलटार गएको एक नेताले बताए ।  ती नेताका अनुसार अध्यक्ष पदमा पुष्प ओली, केहरसिंह कुँवर, नवराज ऐर र गणेश शाहीले दाबी गरेका छन् । सहमति वा निर्वाचन प्रक्रिया जे भए पनि कुँवर, ओली, ऐर र शाहीमध्ये एकबाट आउने सम्भावना रहेको ती नेताले दाबी गरे । दीपशिखा र सुबोधजी अध्यक्ष प्रचण्डले भेट्न खुमलटार गएका छन् । अध्यक्ष पदका लागि चार जनाले दाबी छोडेका छैनन् ।

    images
    images
    images

    सहमति वा निर्वाचन प्रक्रियाबाट जे भए पनि केहरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर र गणेश शाहीमध्ये एक जना अध्यक्ष बन्ने सम्भावना देखिन्छ । यद्यपि अहिलेसम्म खुमलटारबाट केही खबर आएको छैन ।  सहमति नभए निर्वाचन प्रक्रियामा जाँदा दीपशिखा पक्षबाट केहरसिंह र पुष्पमध्ये एक जना अध्यक्षको उम्मेदवार बन्ने सम्भावना रहेको छ । अध्यक्ष सुबोधको तर्फबाट नवराज र गणेशमध्ये एक अध्यक्षको उम्मेदवार बन्ने  सम्भावना रहेको छ । बिहानको भेटमा पार्टी अध्यक्ष  प्रचण्डले  सहमति नभए  निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउन आदेश दिनु भएको छ । 

    प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - १६:११:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको