२१ जेठ काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख तथा अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ ।
संवैधानिक इजलासमा हेर्दा हेर्दैमा रहेको सो मुद्दामाथिको सुनुवाइ आज सकिएको हो ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासमा यसअघि पनि सुनुवाइ भएर हेर्दा हेर्दैमा थियो ।
उक्त मुद्दाको आदेश आजै आउने सम्भावना रहेको एक वकिलले बताए ।