२२ जेठ काठमाडौँ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेको निलम्बनपछि मुठभेड हुनसक्ने आकलन गर्दै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सम्भावित मुठभेडलाई ध्यानमा राखेर महानगर कार्यालयमा बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले सुरक्षाका लागि भने प्रहरीको टोली खटाइएको बताए ।अहिलेसम्म केही पनि भएको छैन । कुनै तनाव हुनसक्ने आकलन गरेर मात्रै प्रहरीको टोली पठाएको एक प्रहरीले बताए ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।त्यसपछि निमित्त प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ ।