२४ जेठ काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा गोरखाको इन्चार्जमा अनिस अर्याल नियुक्ति भएको छन् । अहिले इन्चार्ज भएका उनी बिधार्थी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन् ।
संगठनको निर्णयअनुसार अर्यालले अब गोरखा जिल्लाभरि संगठनको नेतृत्व सम्हाल्ने छन्। लामो समयदेखि विद्यार्थी राजनीति तथा संगठनात्मक काममा क्रियाशील अर्याल संगठनभित्र प्रतिबद्ध, अनुशासित र गतिशील कार्यकर्ताका रूपमा परिचित छन्।
नयाँ जिम्मेवारीसहित संगठनको क्रियाशीलता, विस्तार तथा विद्यार्थी अधिकारको सवालमा अर्यालको भूमिका उल्लेखनीय हुने अपेक्षा गरिएको छ।