Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वाईसिएलको नयाँ नेतृत्वमा गोरखाबाट  केन्द्रिय समितिमा उपाध्यक्ष, वरिष्ठ सचिव र केन्द्रिय सदस्यासहित १० जना निर्वाचित

वाईसिएलको नयाँ नेतृत्वमा गोरखाबाट  केन्द्रिय समितिमा उपाध्यक्ष, वरिष्ठ सचिव र केन्द्रिय सदस्यासहित १० जना निर्वाचित

जोईन खबर

२५, जेठ २०८२
  • 862
    SHARES
  • वाईसिएलको नयाँ नेतृत्वमा गोरखाबाट  केन्द्रिय समितिमा उपाध्यक्ष, वरिष्ठ सचिव र केन्द्रिय सदस्यासहित १० जना निर्वाचित

    २५ जेठ काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (माआवादी केन्द्र)  निकट युवा संगठन योङ कम्युनिस्ट लिगको नयाँ नेतृत्वमा गोरखाका १० जना युवाहरु सर्वसम्मत चयन भएका छन् । योङ कम्युनिस्ट लिगको  तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौँ  राजधानीको कमलवदी  प्रज्ञाप्रतिष्ठानमा गत आइतबारदेखि सुरु भएको थियो ।

    images

    उक्त् सम्मेलनबाट उपाध्यक्षमा सुदिप नगरकोटी र प्रेम श्रेष्ठ,लेखासमिति आयोग बरिष्ठ सचिवमा धिरज उपरकोटी चयन भएका हुन् । यसैगरी सम्मेलनबाट  लेखासमिति आयोगमा  उप-प्रमुखमा गुणराज खनाल चयन भएका छन् । गोरखाबाट केन्द्रीय सचिबालय सदस्यमा  लक्ष्मी रम्तेल, सुनिल मगर तथा केन्दिय सदस्यहरु सागर श्रेष्ठ, सुबास तामाङ्ग, मिरा उपरकोटी र नर बहादुर गुरुङ्ग  निर्बिरोध चयन भएका हुन् ।

    images
    images
    images

    गोरखाबाट यति ठूलो संख्यामा युवाहरूको केन्द्रीय नेतृत्वमा पुग्नु जिल्लाको राजनीतिक सचेतना, संगठनात्मक क्षमता र परिवर्तनप्रतिको अठोटको प्रतिफल हो। स्थानिय तहदेखि राष्ट्रिय मञ्चसम्म युवा नेतृत्वको सशक्त उपस्थिति गोरखा जिल्लाका लागि मात्र नभई समग्र देशका लागि पनि प्रेरणादायी बन्न पुगेको छ।

    तेस्रो सम्मेलनबाट अध्यक्षमा पुष्प वली सर्वसम्मत निर्वाचित भएका  छन् । जेठ १८ गतेदेखि चलेको राष्ट्रिय सम्मेलनको छैटौं दिनमा  वाइसिएलले महासचिवमा गणेश शाहीलाई सर्वसम्मत चयन गरेको हो ।वाइसिएलमा यसअघि ६१ पदाधिकारी र तीन आयोग लेखा, निर्वाचन र अनुशासनसहित ३५१ सदस्यीय केन्द्रीय कमिटी थियो। 

    प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - ११:२६:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको