Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रेमिकाको  हत्या गरेको आरोपमा  भारतमा एक नेपाली युवा  पक्राउ 

प्रेमिकाको  हत्या गरेको आरोपमा  भारतमा एक नेपाली युवा  पक्राउ 

जोईन खबर

२५, जेठ २०८२
  • 778
    SHARES
  • प्रेमिकाको  हत्या गरेको आरोपमा  भारतमा एक नेपाली युवा  पक्राउ 

    २५ जेठ काठमाडौँ । भारतको हैदराबादमा प्रेमिकाको अत्या गरेको आरोपमा  एक नेपाली युवा पक्राउ परेका छन् । ३० वर्षीय नेपालीलाई आफ्नी लिभ–इन पार्टनरको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनीमाथि प्रेमिकाको शव ट्राभल ब्यागमा हालेर एक सुनसान स्थानमा फालेको आरोप लागेको हो । घटना जुन ४ मा सार्वजनिक भएको हो ।

    images

    जब ३३ वर्षीया तारा बोहराको शव हैदराबादको बाचुपल्लीस्थित आवासीय क्षेत्र नजिकै फालिएको अवस्थामा फेला परेको थियो । प्रहरीले तत्कालै आरोपी विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गर्‍यो । उनी स्थानीय रेस्टुरेन्टमा शेफको रूपमा काम गर्थे र मृतक तारासँग लिभ–इन सम्बन्धमा थिए ।अनुसन्धानबाट विजय र ताराको चिनजान फेसबुकमार्फत भएको थाहा भएको छ । तारा पहिल्यै विवाहित र दुई छोराछोरीकी आमा थिइन्।

    images
    images
    images

    उनी अप्रिल १५ मा हैदराबाद आइन् र विजयसँग बोवराम्पेटस्थित डेरामा बस्न थालिन् ।मे २३ मा दुबैबिच विवाद भएको र सो विवाद गर्भावस्थाका कारण चर्किएको बताइएको छ। रिसको झोंकमा विजयले तारा बोहरालाई नायलनको डोरो प्रयोग गरी घाँटी कसेर हत्या गरेको प्रहरीको भनाइ छ ।हत्या पछि उनले शवलाई ठूलो ट्राभल ब्यागमा हालेर एक सुनसान ठाउँमा लगेर फालेका थिए। एक स्थानिय चौकीदारले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

    साइबराबाद प्रहरीका वरिष्ठ अधिकारीहरू के सुरेश कुमार, सत्यनारायण र रवि किरण रेड्डीसहित फरेन्सिक टोली घटनास्थल पुगेको थियो र अनुसन्धान सुरु गरिएको थियो ।आरोपीलाई पक्राउ गर्न पाँचवटा विशेष टोली गठन गरिएको थियो।  सोधपुछमा उनले अपराध स्वीकार गरेका छन् ।एजेन्सि

    प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १५:२७:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको