Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवाको शव फेला 

वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवाको शव फेला 

जोईन खबर

२६, जेठ २०८२
  • 514
    SHARES
  • वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवाको शव फेला 

    २६ जेठ काठमाडौँ । पोखराको वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव फेला परेको छ । उक्त शव पोखरा  महानगरपालिका वडा नम्बर १५ को  बीच सडकमा रगतसहित  शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा रगतसहित अनुहार  र शरीरमा चोट लागेको शव भेटिएको हो ।

    images

    घटनास्थलमा शवसहित हथौडासमेत भेटिएको र प्रहार गरिएका चोटहरु शरीरमा रहेकाले हत्या भएको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय कास्कीले बताए । बीच सडकमा उत्तानो परेको शव हेर्दा हथौडा प्रहार गरेर हत्या भएको देखिन्छ । घटनास्थलमा हथौडा भेटिएको छ तर उसको पहिचान खुल्ने कुनै पनि कागजात नभेटिएको हो ।

    images
    images
    images

    बिहानै तालिमप्राप्त कुकुरमार्फत पनि अनुसन्धान थालेका छौं तर अहिलेसम्म घटना रहस्यमय देखिएको छ ।साथबाट परिचय खुल्ने कुनै पनि कागजात नभेटिँदा, कुनै पनि स्थानीयले नचिन्दा र देखिइराखेको व्यक्तिसमेत नपरेको हुँदा अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । शवको पोष्टमार्टमपछि थप अनुसन्धानका लागि सहयोग पुग्ने प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - ११:४०:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको