२६ जेठ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ६ ताकुकोटले तेस्रो कप २०८२ साविक वडा स्तरिय फुटसल प्रतियोगिता गर्ने भएको छ । यस प्रतियोगिता गोरखा ताकुकोट सेवा समाज काठमाडौँको आयोजनामा काठमाडौँको बालाजुस्थित ब्राईट हेभन बोर्डिङ स्कुल फुटसल गंगाहल पछाडि यही जेठ ३१ गते शनिबार प्रतियोगिता हुन लागेको गोरखा ताकुकोट सेवा समाज काठमाडौँको कार्यसमितिका सदस्य तथा खेल संयोजक हरिराम आले मगरले जानाकारी दिनुभयो । संस्थाले उक्त प्रतियोगिता हरे बर्ष जस्तो केही अवसर पारेर गोरखा ताकुकोट सेवा समाज काठमाडौँले गर्दै आए पनि अहिले भने ढिलो गरेको हो । संस्थाले साविक वडा स्तरिय पुरुष फुटसल प्रतियोगिताको आयोजन गर्ने लागेको संस्थाका कार्यसमिति उपाध्यक्ष राजन बाबु श्रेक्ष्ठले जानकारी दिनु भयो । यस प्रतियोगितामा विजेता दुई टिमलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिम लाई नगद रु १५ हजार सहित र ट्रफी,मेडल प्रमाणपत्र पाउँने छ ,भने दास्रो स्थान हासिल गर्ने टिमले भन्ने नगद रु ७ हजार ट्रफी,मेडल प्रमाण पत्र प्राप्ता गर्ने, र साथमा उत्कृष्ट प्लेयर, उत्कृष्ट गोल रक्षक लाई प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस प्रतियोगिता सहभागि हुन चाहाने वडा स्तरिय टिमले जेठ २८ गते बुधबार साँझ ५ बजे देखि ७:३० बजे सम्म आफनो वडाको टिम दर्ता गर्न सक्ने संस्थाले जनाएको छ । यस संस्थाले टिम दर्ताको लागि रु १५ सय शुल्क तोकिएको संस्थाका कार्यसमिति सदस्य तथा खेल समितिका सदस्य अनिल पनेरुले जानकारी दिए । साथै खेलमा हुने संख्या भनेको ७ जना खेलाडी र १ जना प्रशिक्षक हुनु पर्ने संस्थाले जनाएको हो । यस संस्थाले ताकुकोटबाट काठमाडौंमा बस्ने युवाहरु साथै आजीवन सदस्यहरुको छोरारछोरी र अग्रजहरु बिच चिनजान, परिचय, एकता र भाईचार अभिबद्धीको लागि तेस्रो गोरखा ताकुकोट सेवा समाज कप फुटशल प्रतियोगिता जेठ ३१ गते शनिबार गर्ने कार्यसमितिको बैठकले निर्णय गरेको संस्थाका महासचिव धिरज उपरकोटीले जानकारी दिनु भयो । याे संस्था २०७२ सालमा स्थापना भइ संस्थाले सामाजिक सेवा कामहरू धेरै गर्दै आएको र युवाहरूलाइ पनि समेटेर अब अाउने दिनमा हरेक बर्ष फुटसल गर्ने प्रतिबद्वता जनाएको संस्थाका महासचिवको भनाइ छ ।
यस संस्थाले फुटशल प्रतियोगितामा सहभागिताका लागि निम्न प्रस्तावहरु
यस प्रतियोगितामा गाउॅपालिका वडा नं ६ ताकुकोट ठेगाना बाट नागरिकता लिएका र संस्थाको आजीवन सदस्य वा उनीहरुको सन्तानहरु सहभागी हुन पाउनेछन् । खेलको लागि आवश्यक डकुमेन्टहरु टिमको नाम, सम्पर्क नं, व्यवस्थापक र खेलाडीको १ प्रति फोटो टॅास गरिएको बिवरण सहितको फारम संगै नागरिकताको प्रतिलिपी (१६ बर्ष मुनिको हकमा ठेगना खुल्ने सरकारी कागजातको प्रतिलिपी) बुभाउनु पर्ने छ । यस प्रतियाेगितामा सहभागी हुन नपाउने खेलाडी समावेश गरे टिम दर्ता गरिने छैन ।
प्रतियोगितामा सहभागिताको लागि मिति २०८२/०२/२८ गते बुधबार सॅाझ ५ बजे देखि सॅाझ ७ः३० बजे भित्र टिम क्याप्टेनर व्यवस्थापकले आवश्यक डुमेन्ट र फारम र दर्ता शुल्क सहित गोरखा ताकुकोट सेवा समाज काठमाडौँको कार्यलय वनस्थलीमा उपस्थिती भई टिम दर्ता गर्नु पर्ने संस्थाका सचिव होम नारायण श्रेष्ठले बताउनु भयो ।उहाँ भनाइ अनुसार सोही दिन गोलाप्रथा गरि समय सहितको टाईसिट सार्वजनिक गरिने र समयमा खेलाडी र टिम उपस्थित नभएमा प्रतिपक्षी टिमलाई बिजयी घोषित गरिने छ भने टिम दर्ता गर्दाको बखतको खेलाडी भन्दा अन्य खेलाडी खेलाएको प्रमाणित भएमा उक्त टिमलाई तुरुन्त निस्कासित गरि र आगामी तेस्रो जिटिएसएसके कप फुटशल प्रतियोगितामा उक्त टिमको खेलाडी र व्यवस्थापकलाई सहभागी हुन प्रतिबन्ध लगाईने र र प्रतियोगिता सम्बन्धि कुनै कुरामा अन्योलता बिबाद भएमा गोरखा ताकुकोट सेवा समाजको कार्यसमितिले गरेको निर्णय नै अन्तिम निर्णय हुने आयोजकले जनाएको छ ।
उक्त खेलमा केही जानकारी लिनको लागि खेल व्यवस्थापन जिटिएसएसके युवा तथा खेलकुद समिति संयोजक( हरिराम आले मगर तथा यस समितिका सदस्यहरू लाइ सम्पर्क गर्नु होला । सम्पर्कको लागि संयोजक हरिराम आले मगर 9841077698,सदस्य नवराज सुवेदि क्षेत्रि 9851067952, सदस्य अनिल पनेरु 9861918001,सदस्य पवन गुरुङ 9866269813,सदस्य धर्मपाल श्रेष्ठ 9864463396 सदस्य पवन श्रेष्ठ 9863346593,सदस्य मदन नगरकोटी 9843305332 लाइ कल गरेर बुझन सक्नु हुने छ ।