२७ जेठ काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित कर्णालीका नेता तथा कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा जसपाका नेता अशोक राई नेतृत्वको टोलप् माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान बताए ।उनले सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।