Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पत्रकार  पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार  पाठकविरुद्ध पक्राउ पुर्जी जारी

जोईन खबर

२८, जेठ २०८२
  • 772
    SHARES
  • पत्रकार  पाठकविरुद्ध पक्राउ पुर्जी जारी

    २८ जेठ काठमाडौँ । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत ९साइबर०को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । उहाँविरुद्ध दिलभुषण पाठक साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।

    images

    पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही बताएको छैन ।पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।घटना के हो रुपाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए ।

    images
    images
    images

    त्यसमा पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरबारे चर्चा गर्दै दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको र शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका छन् ।

    साथै उनले जयवीरको सम्पत्तिमा पनि प्रश्न उठाएका छन् ।राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडी हुँदै नभएको विषय सृजना गरी सार्वजनिक भएका यस्ता भ्रामक समाचारहरुले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्‍याउने कार्य भए गरेको प्रति गम्भिर आपत्ती जनाउँदै नेपालको प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अपनाइने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं ।

    प्रकाशित मिति :जेठ २८, २०८२ बुधवार - १२:१९:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको