Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अनेरास्ववियुको २४ औँ महाधिवेशन  नयाँ नेतृत्व चयनका लागि मतदान  हुदै 

अनेरास्ववियुको २४ औँ महाधिवेशन  नयाँ नेतृत्व चयनका लागि मतदान  हुदै 

जोईन खबर

२९, जेठ २०८२
  • 535
    SHARES
  • अनेरास्ववियुको २४ औँ महाधिवेशन  नयाँ नेतृत्व चयनका लागि मतदान  हुदै 

    २९ जेठ काठमाडौँ ।  नेकपा एमाले निकट  बिधार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेल प्रतिस्पर्धामा हुने छ । दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका हुन् ।डाक्टर कडरियाको प्यानलमा दीपक धामी महासचिव, उपाध्यक्षमा राजकुमार ढकाल, उपाध्यक्ष ९महिला० अञ्जना सिवाकोटी रहेका छन् । भने पौडेलको प्यानलबाट आरके रोमस महासचिवमा भिड्दै छन् । दुवै पक्ष अनेरास्ववियु पक्तिमा निकै लोकप्रिय मानिएका छन् ।

    images

    उनीहरू दुवै पक्षले घोषणापत्र नै सार्वजनिक गर्दै चुनावी मैदानमा होमिएका हुन् । डाक्टर कडरिया एमबीबीएसको अध्ययन सकेर आफ्नो पेसामा  आबद्ध छन् । उनी कुनै निजी क्लिनिक वा अस्पतालमा राम्रो सेवा सुविधा लिएर बिरामीको उपचारमा संलग्न छैनन् ।कुनै पनि सेवासुविधा नलिईकन महिनौं दिन सम्म डाक्टरहरू खासै जान नमान्ने ठाउँहरूमा सेवा दिन गइरहेका हुन्छन् ।

    images
    images
    images

    राजनीतिक शास्त्रको विद्यार्थी पौडेल ले विद्यार्थी जीवनमा नै उनी अनेरास्ववियुको जिल्ला कमिटीमा प्रवेश गरेका थिए । कलामा समेत पोख्त पौडेलले २०६४ को निर्वाचनमा जिल्लाभर कलाकारको रूपमा परिचय बनाएका थिए ।

    कक्षा ११र१२ मा अध्ययन गर्दै गर्दा नै उनी अनेरास्ववियुको जिल्लास्तरको प्रभावशाली नेता बनिसकेका थिए । २०६६ सालमा जनकपुरमा भएको महाधिवेशनमा म्याग्दीबाट निर्वाचित भएर प्रतिनिधि बनेर सहभागी भएका थिए । म्याग्दीको म्याग्दी बहुमुखी क्याम्पसमा धेरै चर्चित आन्दोलनहरूको नेतृत्व पौडेलले गरेका छन् । 

    प्रकाशित मिति :जेठ २९, २०८२ बिहिवार - १०:०९:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको