२९ जेठ काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सडक खण्ड रौतहटको मङ्गलपुरमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृतयु भएको छ। घटना रौतहट चन्द्रपुर नगरपालिका वडा न –१ मङ्गलपुरमा दुर्घटना भएको प्रहरी बताएको हो ।
आज बिहानै भएको उक्त दुर्घटनामा मङ्गलपुरका ३५ वर्षीय बुद्ध लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी दिए । लिम्बूलाई पहिचान नखुलेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । मृतक लिम्बूको शव घटनास्थलमै रहेको स्थानीयले बताए । अहिले घटनास्थलमा प्रहरी गई घटना बारे थप अनुसन्धान गरि रहेको छ ।