२९ जेठ काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्। सफलले पत्रमा आफू ‘एक देशभक्त नागरिक’ भनेर उल्लेख गरेका छन्।
महानगरमा बिना प्रतिस्पर्धा बिना टेन्डर र बिना कोटेसन करिब एक करोड रुपैया मूल्य बराबरको लिफ्ट जडान गरेका छन्न ।विशेषत सो लिफ्ट मेयर बालेन्द्र साहकै लागि जडान गरिएको पनि महानगरपालिका स्रोतले जनाएको छ। नयाँ लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन २०६३ को अनुसार बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा अपारदर्शी खरिद गरेर अनियमितता गरेकाले आपत्ति रहेको सफलले पत्रमा उल्लेख गरेका छन्।
नयाँ लिफ्ट जडान सम्बन्धी टेन्डर बोलपत्र लगायतका आवश्यक कागजात निर्माण कम्पनीको विवरण सो निर्माण स्वीकृत गर्दाका सम्पुर्ण फाइल भुक्तानी विवरण बिल भौचर लगायतका कागजात समेत झिकाई नयाँ लिफ्ट निर्माणमा भएका अनियमितता एवम् भ्रष्टाचारको सम्बन्धमा सत्यतथ्य छानविन गरी आवश्यक कारवाही गर्नुहुन प्रस्तुत उजुरी पेश गरेको छु, भने भनाइ लेखिएको छ । छन्।