Logo

बुधवार, श्रावण १३ गते २०८३

धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने

धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने

जोईन खबर

६, चैत्र २०७८
  • 775
    SHARES
  • धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने

    आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि धनुषा जिल्लामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने भएको छ । 

    images

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले धनुषामा कुल ३ हजार ४८६ जना म्यादी प्रहरीको कोटा रहेको बताउँदै महिला र पुरुषको कोटा नछुट्याएकोले आवेदनको आधारमा भर्ना गरिने जानकारी दिएका हुन् ।

    स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले आह्वान गरेको भर्नाको आधारमा पहिलो दिनदेखि नै जिल्ला प्रहरी कार्यालय धनुषाअघि आवेदन दिनेहरूको भीड लागेको छ ।

    म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको हो । भर्नाको आवेदन चैत ६ गतेदेखि ११ गतेसम्मको समय दिइएको छ ।

    धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका गरी कुल १८ वटा स्थानीय तह रहेको छ । जसका लागि यस जिल्लामा मात्र ३ हजार भन्दा बढी म्यादी प्रहरी माग गरिएको छ ।

    आवेदन दिन पुग्नेहरूमध्ये अधिकांश पुरुष नै रहेका छन् । महिलाको संख्या न्यून देखिएको छ ।

    आवेदन दिएकाहरुको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरि २८ गतेदेखि प्रशिक्षण सुरु गरिने जनाइएको छ ।

    प्रकाशित मिति :चैत्र ६, २०७८ आइतवार - १६:१३:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको