Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कराते टोली श्रीलंका प्रस्थान

कराते टोली श्रीलंका प्रस्थान

जोईन खबर

१७, आषाढ २०८२
  • 502
    SHARES
  • कराते टोली श्रीलंका प्रस्थान

    १७ असार काठमाडौँ । नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ ।श्रीलंकाको कोलम्बोमा जुलाइ २ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

    images

    खेलाडीसहित टोली ७३ सदस्यीय रहेको छ ।थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी खेलाडीसहितको टोली भने थाइल्यान्डबाटै प्रतियोगितामा सहभागी हुन श्रीलंका जाने छन् । नेपालमा भएको सातौं संस्करण र भुटानमा भएको आठौं संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो ।

    images
    images
    images

    टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव युवराज लामा, महासचिव दावा गुरुङलगायत एक कार्यक्रमबीच बिदाइ गरे ।

    प्रकाशित मिति :आषाढ १७, २०८२ मंगलवार - १०:४०:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको