Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पत्रकार पाठकलाई  २५ हजार धरौटीमा छाड्न अदालतले आदेश

 पत्रकार पाठकलाई  २५ हजार धरौटीमा छाड्न अदालतले आदेश

जोईन खबर

१९, आषाढ २०८२
  • 892
    SHARES
  •  पत्रकार पाठकलाई  २५ हजार धरौटीमा छाड्न अदालतले आदेश

    १९ असार काठमाडौँ । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका थिए । न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश दिइएको हो ।

    images

    साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनी विरुद्ध सोमबार मुद्दा दायर गरेको थियो ।

    images
    images
    images

    निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटेलमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा। आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामग्री प्रसारण गरी आफूविरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।

    प्रकाशित मिति :आषाढ १९, २०८२ बिहिवार - १७:३६:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको