Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त ६ जना प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त ६ जना प्रहरी घाइते

जोईन खबर

२०, आषाढ २०८२
  • 508
    SHARES
  • सशस्त्र प्रहरी र तस्करबीच भिडन्त ६ जना प्रहरी घाइते

    २० असार काठमाडौँ । धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ । भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

    images

    स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्राएर आँप बगैँचामा राखेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरीको ३० जनाको पुगेको थियो ।

    images
    images
    images

    सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए ।सो क्रममा जवाफी कारबाही गर्ने क्रममा सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर  गरेको थियो । त्यस पछि झडप सुरु भएको हो । 

    प्रकाशित मिति :आषाढ २०, २०८२ शुक्रवार - १०:१९:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको