२० असार काठमाडौँ । चितवनको रत्ननगरमा खोलामा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । हिजो रातको समयमा माछा मार्न जादा मुत्यु भएको हो ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा न –८ का २६ वर्षीय अभिषेक माझी रहेका छन् । प्रहरीका अनुसार अभिषेक बिहीबार राति स्थानीय राजकुमार माझीसँगै सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा माछा मार्न गएका थिए।माछा मार्ने क्रममा अचानक गोहीले अभिषेकलाई समातेर खोलातर्फ तानेको बताइएको छ।
राति १स्२० बजेतिरको समयमा घटना भएको होखोजतलासको क्रममा घटनास्थलबाट करिब २०० मिटर उत्तरतर्फ अभिषेकको शव फेला परेको चितवन प्रहरीले जनाए ।