Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 उत्तरी गोरखा चुमनुब्रीका ४४ बर्षका गुरुङको  दुबाईमा हिँड्दाहिँड्दै ढलेर मृत्यु

 उत्तरी गोरखा चुमनुब्रीका ४४ बर्षका गुरुङको  दुबाईमा हिँड्दाहिँड्दै ढलेर मृत्यु

जोईन खबर

२०, आषाढ २०८२
  • 751
    SHARES
  •  उत्तरी गोरखा चुमनुब्रीका ४४ बर्षका गुरुङको  दुबाईमा हिँड्दाहिँड्दै ढलेर   मृत्यु

    २० असार काठमाडौँ । उत्तरी गोरखा चुमनुब्री गाउँपालिका वडा न — ३ पाङसिङका चन्द्रबहादुर गुरुङको केही दिन अघि  दुबाईमा मृत्यु भएको छ । वैदेशिक रोजगारको लागि गएका   ४४ बर्षका गुरुङको दुबाईमा हिँड्दाहिँड्दै ढलेर मृत्यू भएको स्थानीय वुद्ध गुरुङले जानकारी दिए ।

    images

    उनको शव बिहिबार राती नेपाल आईपुग्ने भन्दै आफन्तहरु पर्खाइमा रहेको उनले बताए ।राती ११ बजे शव आइपुग्छ भन्ने खबर आएको छ । सोतीसम्म नेपाल सरकारले एम्बुलेन्समा ल्याइदिने खबर भएको थियो । उनको शव लिन काठमाडौं एयरपोर्टमा सिर्दिबास सम्पर्क समिति खटिएको छ ।

    images
    images
    images

    मृतक चन्द्रबहादुर गुरुङ तीनबर्ष अघि दुबाई गएका थिए । काम गरेको कम्पनीमा भिसा सिद्धिएको रहेछ । नेपाल आउन लाग्दा राहदानीको पनि म्याद सकिएको रहेछ ।

    भिसा, पासपोर्टको म्याद पनि सकिएको, श्रम स्वीकृति पनि सकिएकाले बेस्सरी तनाबमा रहेछ । खान, बस्न पनि समस्या भएपछि तनाबकै अबस्थामा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।  उनको मृत्यु भएको एकहप्तापछि मात्र घर परिबारले जानकारी पाएको उनले बताए । गुरुङको घरमा श्रीमती, एक छोरा र एक छोरी छन् ।

    प्रकाशित मिति :आषाढ २०, २०८२ शुक्रवार - १४:३३:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको