२३ असार काठमाडौँ । जनकपुर जययनगर रेलमा ठोक्किएर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने विकरु साहको ४५ वर्षीय छोरा बिनोद साह रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो १२:३० बजेको समयमा धनुषाको औरही गाउँपालिका–२ देउरी प्रवाहास्थित रहेको रेलको लिकमा ठक्कर लागेर उनको मृत्यु भएको धनुषाका प्रहरीले जनाए ।
जनकपुरबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट मृत्यु भएका साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ । घटना बारे थप विवरण आउन बाकी छ ।